काठमाडौं, २६ पौष । नेपाल आयल निगमले आफ्नो ४९औं वार्षिकोत्व्सवको अवसरमा हवाई इन्धनको मूल्य घटाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निगमको वार्षिकोत्व्सवमा मूल्य घटाउने सहमति भएको बताउदै उनले भने, ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रुपैया मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ ।’
निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ ।
हवाई इन्धनको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्