बझाङ, २६ पौष । बझाङको जयपृथ्वी राजमार्गमा अवैध जडीबुटी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको साइपाल बस्ने वर्ष ५२ का गोरख बहादुर लामा र सोहि स्थानकै ४७ वर्षीय धन बहादुर बोहोरा रहेको र उनिहरुलाई जयपृथ्वी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
ना३ख ५५७८ नम्बरको ट्रकमा लुकाई राखेको अवैध जडीबुटी गनानो, कटुकी, रङ्गसेली, डोलु, बोडेफेर र लारेजौरा बरामद गरेको प्रहरीले बताएको छ ।
ट्रक र चालक बीर बहादुर धामीलाई समेत नियन्त्रणमा लिइ सव डिभिजन कार्यालय मालुमेला बझाङमा बुझाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्