काठमाडौँ, २९ पौष । भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ ।
गोदावरीमा ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख महर्जनले साविकको गोदावरीमा सञ्चालित एम्बुलेन्सको व्यवस्थापन सही तरिकाले हुन नसकेका कारण त्यसै थन्काएर राख्नुपरेको बताउँदै अहिलेको एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी रुपमा प्रयोगमा ल्याउने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्