राजनीति

पूर्वप्रधानमन्त्री देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत : उपसभापति गच्छदार



विराटनगर, २९ पौष । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वाइडबडी विमान खरिद प्रकृयाको विवादमा जोड्नु गलत भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले लेखा समितिले विमान खरीद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताउनुभयो ।

नेता गच्छदारले डा. गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।