राजनीति

चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश



काठमाडौँ, २९ पौष । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।

आइतबारको संसद बैठकमा सभापति जयपुरी घर्तीले प्रतिवेदन पेश गरेकी हुन् । संसदको गत भदौ १३ गतेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो ।