समाचार

तीन जिल्लामा स्वाइनफ्लुको संक्रमण : सतर्क रहन चिकित्सकको आग्रह



काठमाडौँ, ३० पौष । काठमाडौँ, रामेछाप र बारालगायत ठाउँका अस्पतालमा ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् ।

तीन जिल्लाका विरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले जनाएको छ । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा गइहाल्न चिकित्कसले आग्रह गरेका छन् ।

चार प्रकारका स्वाइनफ्लु मध्ये एचवान एनवान भाइरस सबैभन्दा खतरनाक हो । अहिले नेपालका विभिन्न ठाउँमा देखिएको भाइरस पनि एचवान एनवान नै भएकाले झनै सतर्कता अपनाउनुपर्ने चिकित्सकले सचेत गराएका छन् ।

स्वाइन फ्लूबाट बच्न बाहिर हिँड्दा मास्क लगाउने, रोगीको सम्पर्कमा सकेसम्म नजाने र शंका लागे जँचाउन गइहाल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।