भक्तपुर, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि काममा आशावादी हुँदै नतिजामूखि काम गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार जिल्ला समन्यव समितिको कार्यालयमा भएको हनुमन्ते र अरनिको राजमार्ग सरसफाई सम्बन्धी जिल्ला समन्वय समितिमा बसेको समीक्षा र भावी रणनीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले अरनियको राजमार्गको सफाई अभियान समापन साथै हनुमन्ते नदीको ५० औं हप्ताको अवसरमा सल्लाघारी चोकमा ५० औं हप्ताको अवसरमा झण्डोत्तलन गर्ने जानकारी गराउनुभयो ।
उक्त झण्डोत्तलन कार्यक्रममा शिर्ष नेताको तथा व्यक्तित्वको उपस्थितीमा हुने जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुर सफा र सुन्दर हुँदै गएको र अझ बढी व्यवस्थित तथा प्रभावकारी बनाउन भक्तपुरमा रहेका मुख्य मुख्य सडक तथा चोक बजारमा जनचेतनामूलक जिङ्गल तथा माइकिङ गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आगामी दिनमा सफाई अभियान पेप्सीकोला सल्लाघारी, कमलविनायक लगायतका ठाउँहरु समेत व्यापक रुपमा गर्नुपर्ने भन्दै भक्तपुरका यातायात व्यवसायीले आगामी दिनमा पूर्ण समर्थनका साथ अघि बढ्ने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो ।
देशकै अनुकरणीय अभियान भक्तपुरको सफाई अभियान भएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले जनताको साथ र सहयोग नै सफाई अभियान सफल भएको बताउनुभयो । उहाँले काम गर्न जागरुक भएमा असम्भव भन्ने केही नभएको भन्दै उदाहरणको लागि अरनिको राजमार्ग तथा अनुमन्ते नदीको सफाई अभियान नै पर्याप्त रहेको बताउनुभयो ।
सांसद बस्नेतले अनुगमनलाई अझै बढी कडाइका साथ गर्नुपर्ने भन्दै अनुगमन तथा सफाईलाई अझ वढी व्यवस्थित गर्न आगामी दिनमा सफाई अभियानको नेतृत्व उपमेयरहरुले लिदै सम्बन्धीत वडाध्यक्षहरु अझ बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सफाई अभियानसँगै भक्तपुरको विकास निर्माणका कायमले समेत व्यापक रुपमा तिव्रता पाएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्