काठमाडौँ, १ माघ । आज थारु समुदायमा मनाइने माघी पर्व, “मघौटा, हुरदंगवा, सखिया, गीतमा नाचगान गर्ने, माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन रहेको छ ।
थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने साथै थारु समुदायको बाहूल्यता रहेको पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बसोबास गर्ने थारु समुदायले मनाउने गर्दछ ।
साथै आज नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् । माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।
माघी पर्वका अवसरमा थारु समुदायले मघौटा नाचगान गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ । होमस्टे, केही संघ संस्था र क्लवहरुले थारुहरुको संस्कृति जगर्ने गर्ने कार्यक्रम भने गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्