काठमाडौँ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकार र मिडिया सत्ता पक्ष तथा प्रतिपक्ष नभई विकास र समृद्धिका परिपुरक भएको बताउनुभएको छ ।
भक्तपुरबाट प्रकाशित हुने समय समाज प्रकाशन प्रालिद्वारा सञ्चालित समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा सांसद बस्नेतले आस्था र विश्वास फरक रहेता पनि पत्रकारीताको अभियानमा राजनीीतक दल, विभिन्न संघसंस्था तथा पत्रकारसँग सँगै हुनुपर्नेमा जोड दिनुभएको छ ।
समय समाजले १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गर्नु गौरवको विषय भएको भन्दै सांसद बस्नेतले पत्रकारको एकता र हार्दिकता सवै नेपालीको लागि अनुकरणीय भएको बताउनुभएको छ ।
विचार नै समाजको रुपान्तरण रहेको भन्दै सांसद बस्नेतले राजनीतिदलमा विगतमा भएका कार्यहरुको तलनात्मक रुपमा परिवर्तन हुन नसक्नु दुःखद् भएको बताउँदै नेपालमा विचार र समाचारको अन्तरका विषयमा आवश्यक मात्रामा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘समाचारले समाजको रुपान्तरण गर्ने होइन चित्रण मात्र गर्ने हो । सिद्धान्त, विचार र दर्शनले चित्रण मात्र गर्न खोजेको तर केही मिडयाका समाचारले समाज रुपान्तरण गर्ने जस्तो भएको छ । यस्तो प्रवृक्तिको अन्त्य हुनुपर्छ, प्रेस काउन्सील तथा पत्रकार महासंघले नियन्त्रण तथा कारवाही गर्नुपर्छ ।’
सांसद बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा गोविन्द केसीको माग, वाइड बडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गर्नुभयो । भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै उहाँले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा राख्नुभयो ।
एकले अर्कोलाई हिलो छ्याप्ने, एकले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति देश र जनताको लागि घातक हुने बताउँदै सांसद बस्नेतले विकृति, वेतिथी तथा गिरेको प्रहरी प्रशासनलाई सहि बाटोमा ल्याउन मिडियाको भूमिका मुख्य हुने बताउनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको विकासमा सवैको एकमत हुन नै भक्तपुरले विकासमा तिव्रता पाएको बताउँदै विकास निर्माणका काममा आउने समस्या समाधान गर्न आफै मैदानमा हुने समेत बताउनुभयो ।
विजुली र टेलिफोनका पोलका कारण विकासमा समस्या उत्पन्न भएता पनि त्यसलाई सहजै रुपमा समस्या समाधान गर्दै भक्तपुरमा रोकिएर रहेका सडक, पुल तथा अन्य विकास निर्माणका कामहरु तिव्र रुपमा काम अघि बढेको सांसद बस्नेतले जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्