अर्थ

आजको विदेशी मुद्राको विनिमय दर



काठमाण्डौ, ३ माघ । नेपाल रास्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज बिहीबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ ।

अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ भने साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०१ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ ।