पाँचथर, ३ माघ । पाँचथरको फिदिममा क्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गए राति लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना हुदा स्थानीय ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी घाइते भएका छन् ।
घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्