काठमाडौं, ३ माघ । सरकारले पानी जाहाज सञ्चालन गर्न ‘नेपाल पानी जहाज कार्यालय’ स्थापना गर्ने भएकोे छ ।
मन्त्रिपरिषदको गत पुस २९ गते बसेको बैठकले पानी जहाज कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो ।
आज मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कार्यलयको सञ्चालन राजपत्राङ्कित तृतिय श्रेणी –अधिकृत तहका कर्मचारीको नेतृत्वमा १५ जना कर्मचारी रहने जानकारी दिएका छन ।
सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषदले आगामी चैत्र १५ र १६ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।
सरकारले सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार निर्माण गर्न स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्