काठमाडौँ, ४ माघ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीलाई शुक्रबार सांसदले ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने तयारी गर्नुभएको छ ।
यस्तै बैठकले पारमाणविक विधेयक, नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषदी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूचि रहेको छ । बैठक दिउँसो १२ बजे बस्ने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्