पर्वत, ४ माघ । दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ ।
स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ ।
विहादी–४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादी– ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका बासिन्दा आगलागीको जोखिममा पर्नसक्ने स्थानीय प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीको भनाइ छ ।
बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्