बारा, ४ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।
बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले विहिवार सिम्रौनगढमा आयोजना गरिएको कार्यक्रममा उहाँले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्