राजनीति

डा. केसीलाई उचालेर गरिएको आन्दोलन तुहिन्छ : सांसद बस्नेत



भक्तपुर, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डा. गोविन्द केसीको आन्दोलन राष्ट्र विशेषी षड्यन्त्रकारीको गोटी भएको भनदै केसीलाई उचालेर गरीएको आन्दोलन तुहिने बताउनुभएको छ ।

आज पत्रकार महासंघ भक्तपुरको २१ औं साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले केदार भक्त माथेमाको प्रतिवेद तथा गोविन्द केसीकै भरमा डाक्टर पढ्ने उपत्यकावासीको सपना चकनाचुर बनाउने प्रयास भएको बताउनुभयो ।

उहाँले डा. केसीले एउटा सरकारी कर्मचारी भएको र उनले समग्र संसद तथा राजनीतिक दलका अध्यक्षलाई चुनौति दिनु नेपालको संविधान विपरित भएको भन्दै उहाँले डा. केसीको व्यवहार अधिनायकवादी प्रवृक्तिको भएको बताउनुभयो । उहाँले डा. केसीले भनेको सवै कुरा हुनुपर्छ भन्ने गलत मनसान नै मूख्य अधिनायकवादी भएको बताउनुभयो । उहाँले डा. केसीले छु मन्तरकि भन्दैमा सवै ठिक नहुने बताउनुभयो ।

उहाँले पत्रकारमा क्रियाशिलता र सिर्जनशिलता अहिलेको अपरिहार्यता रहेको भन्दै समाचारले समाजको चित्रण गर्दछ, विचारले समाजको परिवर्तन गर्ने बताउनुभयो । उहाँले समचारले चारै दिशाको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले केही ठूला मिडिया भन्नेले पत्रकारीताको नाममा पित पत्रकारीता गरेको समेत बताउनुभयो । उहाँले ति पित पत्रकारीता गर्नेले सरकारको आलोचना र प्रतिपक्षिको भूमिका मात्र निर्वाह गरेको समेत बताउनुभयो ।

समाचार प्रतिपक्षि तथा आलोचनात्मक रुपमा हुन नहुने भन्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मिडियाले आलोचनात्मक नभई रचनात्मक रुपमा सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरका पत्रकारबाट समाजले सिक्न योग्य रहेको भन्दै कुनै पनि कार्यमा हार्दिकता र एकता आवश्यक रहेको औल्यानुभयो ।

भक्तपुरमा सामाजिक, राजनीतिक, विकास लगायतका कार्यमा सवैको कलम तथा कार्यहरु उल्लेख्य रहेको बताउँदै सांसद बस्नेतले साढे चार वर्ष विकासमा ऐक्यवद्धता बाँकी छ महिना राजनीतिक प्रतिपर्धा गर्नुपर्ने बताउनुभयो ।

समग्र भक्तपुरमा निर्माण भइरहेका राष्ट्रिय गौरवका आयोजना तथा अन्य सम्पूर्ण विकासमा सवैको साथ र सहयोग रहेको बताउँदै सांसद बस्नेतले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सांसद बस्नेतले भक्तपुरमा भइरहेको विकास देशकै लागि अनुकरणीय रहेको बताउँदै भक्तपुर स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास हुँदै गएको बताउनुभयो ।

अनियमिता तथा भ्रष्टचार भएको जो कोहीलाई पनि छाड्नु नहुने बताउँदै वाइडवडी खरिद प्रकृयाको मुख्य दोषी कांग्रेस भएको बताउनुभयो । उहाँले वाइड बडीको प्रकृयामा कांग्रेसको सभापति शेरबहादुर देउवाको नाम जोडिएपछि प्रतिपक्षिदलको आवज वन्द भएको समेत बताउनुभयो । त्यस्तै उहाँले दोषी उम्कनलाई अनावश्यक रुपमा मन्त्री रविन्द्र अधिकारीको नाम सुनियोजित रुपमा जोडिएको समेत बताउनुभयो ।