काठमाडौं, ५ माघ । दाङमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ ।
शनिबार दिउँसो तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा. १ ख. ४९४ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते मध्ये २ जना तुलसीपुरका आशा बिक र गीता मल्ल गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।
आशा र गीतालाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ भने अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्