समाचार

‘ग्याङ फाइट’ हुँदा एकको मृत्यु, तीन घाइते



कैलाली, ६ माघ । अत्तरियामा युवाहरुको ‘ग्याङ फाइट’मा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

शनिबार बेलुकी भएको ग्याङ फाइट’मा परि गोदावरी नगरपालिका-१, का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते भएका तीनजना स्थानीय सबिन कट्टेल, गणेश राइ र राजेश नेपाली घाइते भएका छन् । राइ र नेपालीको अत्तरियास्थित पदमा  अस्पतालमा र कट्टेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘महोत्सवभित्र विवाद भएर बाहिर झगडा भएको हो भने झगडाको कारण खुल्न नसकेको प्रहरीले  जनाएको छ  ।‘ग्याङ फाइट’मा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बताएका छन ।