काठमाण्डौ, ७ माघ । ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने सरकार तयार रहेको बताएका छन ।
आज काठमाण्डौमा चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउदै चालु आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने पनि स्पष्ट परेका छन ।
भारतसँग सरकारले अघिल्लो वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना अघि सारेको बताएका छन ।
मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्