राजनीति

कांग्रेसद्वारा संसद अवरुद्ध, आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न नदिने भनाई



काठमाडौँ, ८ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गरेको छ । उसले आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न नदिने बताएको छ ।

सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको आरोप लगाएको छ ।

नेता प्रकाशमान सिंहले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताउनुभएको छ ।