Banner News

नेकपा अध्यक्ष प्रचण्ड, मन्त्री मगर तथा स–परिवार विरामी



काठमाडौँ, ८ माघ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्री विना मगर तथा स–परिवार विरामी भएका छन ।

अध्यक्षको बुहारी खानेपानीमन्त्री मगर पनि सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ भने प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालमै आइसीयू कक्षमा भर्ना हुनुभएको छ । अध्यष प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहनुभएको छ ।

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । भाइरलको ज्वरोका कारण प्रचण्डका नाति र नातिनीलाई पनि अस्पताल पुर्‍याइएकोमा सोमबार डिस्चार्ज गरेर खुमलटार लगिएको छ । सीताको भाइरलको संक्रमण तथा अरु पनि रोग भएकाले उहाँलाई आइसीयुमा राखिएको छ । अध्यक्ष प्रचण्ड र बुहारी विना मगरको अवस्था भने सामान्य रहेको छ ।