काठमाडौं, ८ माघ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा क्याम्ब्रिज पब्लिक हाईस्कुल मध्यबानेश्वरमा मंगलबार विद्यालय प्रहरी समन्वय समिति गठन गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र १० नं वडा समितिको पहलमा सो समन्वय समिति गठन गरिएको हो । ११ सदस्यीय समितिको संयोजकमा विद्यालयकी प्रिन्सिपल रिता राई दाहाल, सदस्य सचिवमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा प्रहरी नायव निरीक्षक सुरेन्द्रविक्रम गर्ताैला छन भने सदस्यहरुमा अअिभावकबाट अधिवक्ता परशुराम उपाध्याय र भगिरथी बजगाई, शिक्षकबाट अनु जिसुकी र पदमप्रसाद दाहाल, विद्यार्थीहरुबाट वरुण सहनी, उत्सव रेग्मी, स्रेस्ता उपाध्याय र काव्या भट्टराई तथा सामुदायिक प्रहरी सेवा केन्द्र वडा नं १० लाखेचौरका इन्चार्ज प्रहरी हवल्दार ताराराम दयाल सदस्य छन् ।
समन्वय समिति गठन तथा घोषणा कार्यक्रममा वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक काफ्लेले विद्यालय होस या समाजमा विद्यार्थीले आफुले देखे सुनेका अपराधिक घटनाबारे तत्काल नजिकको प्रहरीलाई समयमै जानकारी दिन विद्यार्थीलाई सुझाए ।
विद्यालयकी प्रिन्सिपल रिता राई दाहालले विद्यालयले यसअघि पनि साइबर क्राइम, सडक सुरक्षा लगायत विभिन्न विषयमा विद्यार्थीलाई प्रशिक्षण दिँदै आएको उल्लेख गर्दै विद्यालय प्रहरी समन्वय समिति गठन पश्चात विद्यार्थीहरुमा प्रहरी देखेपछि डराउने बानी हटेर अपराध नियन्त्रण र रोकथाम कार्यमा प्रहरीलाई सघाउने बानीको विकास हुने बताइन ।










प्रतिक्रिया दिनुहोस्