राजनीति

जनताको घरघरमा पुगी विकास निर्माणको काम गर्दै सांसद पहारी



पोखरा, ८ माघ । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारी पछिल्लो समय जनताको घरघरमा पुगी विकास निर्माणको कार्यमा अहोरात्र खटिरहनुभएको छ ।

सोमवार अन्नपूर्ण गाउँपालिकाको वडा नं. ९ सुदामेमा भुमे आधारभूत विद्यालयको निरिक्षण गर्दै उहाँले कुनै पनि मानिस खानेपानीबाट बञ्चित हुनु नहुने बताउनुभयो । उहाँले आज सुदामे सोत्रे सिमलबोट खानेपानि योजनाको सुरुवातसंगै खानेपानिको अभाब हुनबाट जोगाउन खानेपानी योजनाको लागि रु ३० लाख बिनियोजित रकमको कार्य सुरु गर्नुभएको छ । उहाँले स्थानीय जनताको साथमा प्राविधिक टोली लिई आफै उक्त कार्यलाई घनिभुत तथा सफलतापूर्वक सम्पन्न गराउन उक्त स्थानमा पुग्नुभएको हो ।

उहाँले मानिसको शुद्ध खानेपानी पिउन पाउने नैसर्गिक अधिकार रहेको भन्दै उक्त विद्यालयमा एक थान युरो गार्ड प्रदान गर्ने घोषणा गर्नुभयो । सांसद पहारीले आफ्नो क्षेत्रमा रहेका समस्या समाधान गर्न आफुले निर्वाचनको समयमा गरेको बचाहरु क्रमशः रुपमा पुरा गर्दै लानुभएको छ ।
देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षाको विकासलाई समय सापेक्ष तथा प्रविधियुक्त बनाउने पर्नेमा जोड दिदै सांसद पहारीले शैक्षिक गुणस्तरको वृद्धि गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।

उहाँले शुद्ध खानेपानीको अभावका कारण विद्यार्थीहरु बारम्बार विरामी हुने गरेको र उक्त समस्या समाधान गर्न युरो गार्ड वितरण गरेको बताउनुभयो ।

उहाँले निर्वाचनमा गरेको प्रतिवद्धतामात्र नभई राष्ट्रिय गौरवका विषयको रुपमा रहेका फेवाताल संरक्षण तथा सम्बद्र्धन जस्ता महत्वपूर्ण कार्यहरुको शुरुवातले छोटै आफ्नो निर्वाचन क्षेत्रका जनताले मात्र नभई आम नेपालीको मन जित्न सफल हुनु भएको छ ।

त्यती मात्र नभई आफुले सांसद भएबातप पाउने सरकारी सेवा सुविधालाई समेत सामाजिक क्षेत्रमा प्रयोग गर्ने घोषणा मात्र नभई उहाँले यथार्थमा लागु गरिसक्नुभएको छ ।