समाचार

चट्याङ लाग्दा ६ जना घाइते



रुकुम, ९ माघ ।  रुकुम (पश्चिम)मा आज बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् ।

त्यस्तै जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।