समाचार

मनाङ मुस्ताङमा हिमपातले जनजीवन प्रभावित



मुस्ताङ, ९ माघ ।  चिसोका कारण हिमपात परेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङमा हिउँका कारण जनजीवन प्रभावित बनेको छ ।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेकाले सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ ।

सड़कमा एक फिटसम्म बाक्लो हिउँ परेपछि यातायात सेवा आवतजावत बन्द भएको छ । चिसो बढेसँगै घर बाहिर निस्कन नसकिने भएसँगै यस क्षेत्रका बासिन्दा घर भित्रै आगो तापेर बसेका छन् ।

सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।