राजनीति

सभापति घर्तीलाई कर्मचारी संगठनले बुझाए ज्ञापनपत्र



काठमाडौं, ९ माघ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनले आज ज्ञापनपत्र बुझाएको छ ।

सभापति घर्तीले ज्ञापनपत्र बुझ्दै सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको बताएकी छन् ।

साथै सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा शिक्षा विधेयकमा आवश्यक व्यवस्था गरिएको बताउदै,उनले भनिन्, ‘नेपाल भनेको काठमाडौं मात्र होइन, सात प्रदेश पनि हो । त्यहाँ पनि नेपाली जनता छन् । सातवटै प्रदेशकालाई पढ्न दिनुपर्छ भनेर काठमाडौंभन्दा बाहिर अलिकति ओपन गरेका छौं । स्वास्थ्य शिक्षा मौलिक अधिकारको रुपमा राखेको छ संविधानमा । अझ निःशुल्क बनाउने प्रावधान राखिएको छ । त्यसतर्फ ओरियन्टेसन गर्नका लागि हामीले १० वर्षपछि नाफामुलक र सेवामूलक बनाउने भनेर राखेका छौं ।’

सोही कार्यक्रममा नेकपा नेता योगेश भट्टराईले संसदबाट चिकित्सा शिक्षा विधेयक पास गराउन संसदले आवश्यक कदम चाल्ने बताउदै उनले भने ‘चिकित्सा शिक्षा विधेयक पास गराउन आफ्नो स्टेप लिन्छ । पास त होला,’  ।