हेटौँडा, ९ माघ । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो पार्टीले चुनावको समयमा जनतासामु गरेको प्रतिवद्धतामा अडिग तथा प्रतिवद्धता पुरा गरेरै छोड्ने बताउनुभएको छ ।
आज नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभयो । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उहाँले बताउनुभयो ।
देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने भन्दै उहाँले पार्टीले निर्वाचनको समयमा गरेका प्रतिवद्धता अनुसार नै सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकार अघि बढ्ने धारणा राख्नुभयो । उहाँले वृद्धभत्ता पाँच हजार पुग्नेमा कुनै संका नगर्न आग्रह गर्नुभयो ।
उहाँले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्