काठमाण्डौ, १० माघ । सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शहीदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो ।
बैठकले गएको मंसिर २७ गते नुवाकाेटमा मिनीट्रक दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रति परिवार एक/एक लाख दिनेसमेत निर्णय पनी गरेको छ ।
यस्तै, बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले पेस गरेको सामूहिक खेती प्रवर्द्धन कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रवर्द्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्नेसमेत निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्