काठमाडौँ, १० माघ । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले छाउपडी तथा अन्य विभिन्न हिंसा पिडितको घर घरमा पुगी अनुगमनलाई तिव्रदा दिएको छ ।
कुरीति, कुप्रथा एवं परम्परा नै विकासित समाज निर्माण गर्न बाधक भएको भन्दै समितिका सभापति निरुदेवी पालले गल्ती गर्नेलाई तत्कालै कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।
छाउपडी प्रथा कानुनी आधारमा दण्डनीय भएता पनि प्रचलनमा रहनु तथा मानविय क्षती हुनु पिडादायी भएको भन्दै सभापति पालले राज्यका तीन तहसँग सहकार्य गरी जनचेतनामूलक कार्य गर्न महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
उहाँले बहुआयमीक तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिदैं कुरीति तथा कुसस्कारको लागि व्यापक रुपमा सकरात्मक सन्देश प्रवाह गर्न प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।
सभापति पालले छाउपडी प्रथा सम्बन्धी कानुनी प्रवाधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै यस्ता कुरीति जन्य कार्यहरु गर्ने व्यक्ति तथा संस्थालाई कानुनी उपचार गराउन गृहमन्त्रालय तथा महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
समितिले आजदेखि बाजुराको छाउगोठमा बसेको समयमा ज्यान गुमाएका अम्बा बोहोरा सहित दुई छोराका सम्बन्धमा घटनाको वस्तुस्थिती, स्थानीय प्रशासनले सो सम्बन्धमा गरेका काम कारवाही, सचेतनाको अवस्था, छाउपडी विद्यमान रहनुका कारणहरु, कानुनी व्यवस्था कार्यान्वयवन नहुनुका कारणहरु लगायतका विषयमा स्थालगत अध्यन गर्न गठित समितिले आजदेखि १५ गतेसम्म स्थालगत अध्ययन शुरु गरेको छ ।
समितिमा गणेशमान सिंह ठगुन्नाको संयोजकत्वमा ६ सदस्यिय कमिटी गठन भएको छ । सदस्यहरुमा मा. अमृता थापा, मा. गंगा चौधरी, मा. विमला नेपाली, मा. रुही नाज मिकरानी र सहसचिव हृदयराम महर्जन रहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्