काठमाडौँ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संसदको सर्वोच्चता भनेको विधि र पद्धतिको सर्वोच्चता भएको बताउँदै कसैको दम्भर तथा घमण्डले विधि र पद्धतिलाई रोक्न नसक्ने बताउनुभएको छ ।
युवा संघ नेपालले आयोजना गरेको सांसद बस्नेतको जन्मोत्सवको उपलक्ष्यमा बोल्दै सांसद बस्नेतले गल्ती र कमजोरी गर्ने मन्त्री तथा नेता कसैलाई पनि छुट नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारले राम्रो काम अनिवार्य गर्नै पर्ने तथा नगरी सुखै नहुने समेत बताउनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएको सांसद बस्नेतले प्रतिक्रियावादी शक्तिले डलरको खेती गर्दै चिकित्सा शिक्षा विधेयकको विरुद्धमा प्रस्तुत भएको दावि गर्नुभयो । उहाँले डा. गोविन्द केसीलाई विदेशी डलरको भरमा अनसन बसाएको तथा सलाईन दिइएको प्रतिपक्षिदल नेपाली कांग्रसले अधिनायकवादी प्रवृत्ति देखाउने प्रयास गरेको बताउनुभयो ।
उहाँले डा. गोविन्द केसीका चार वटा असहमतिका बुँदा सुन्दा नै हास्यास्पद भएको बताउनुभयो । विद्यार्थी आफ्नो उज्यालो भविष्य बनाउने सपनामाथि कुठाराघात गरेको गरेको भन्दै सांसद वस्नेतले डा. केसीले द्वन्दकालिन कुरालाई उचालेर पार्टीको नेतृत्व गरिरहेको नेतृत्व पंतिलाई जेल हाल्ने घृणित कुचेष्ठ गरेको समेत बताउनुभयो ।
उपत्यकामा वर्तमान समयमा सञ्चालनमा रहेको मेडिकल कलेजले धान्ने अवस्था नरहेको र आगामी दिनमा विदेश जाने र विदेश पठाउने दलालीको विगविगी हुने बताउँदै सांसद बस्नेतले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने व्यवस्थाले उपत्यकावासी युवा विद्यार्थीको भविष्यमाथि ठूलैै बन्चरो प्रहार भएको बताउनुभयो । देशको ठूलो धनराशी विदेशी भूमिका जाने समेत बताउनुभयो ।
चिकित्सा शिक्षा विधेयक पारित आफ्नो जन्मदिनकै अवसरमा पारित भएकाले आफ्नो लागि अविस्मरणीय दिन रहेको बताउँदै सांसद बस्नेतले वर्तमान समयको उपलब्धीको जस लिने वातावरण सिर्जना युवा नेतृत्वले देखिने गरी काम गर्नै पर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्