समाचार

चट्टयाङ लागेर एक युवतीको मृत्यु



तनहुँ, १२ माघ । तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ ।

गएरराती काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा माइत गएकी २० वर्षीय मिनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ लागेको र घाइते भएकी उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।