सुनसरी, १२ माघ । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
सुनसरीको इटहरीमा हुने प्रतियोगिता माघ १९ गतेसम्म हुने छ । साथै आज उद्धघाटन खेलमा मेची नेत्रालय काकडभिट्टा र दाफिन्स फेमिली फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपालका विभागीय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिगं सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने भएको आयोजकले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने खेलमा २ विदेशी टिमसहित ८ टिमको सहभागिता हुनेछ । गोल्डकपको विजेताले १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ नगद पाउने छन् ।










प्रतिक्रिया दिनुहोस्