काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाउनुभएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।
सन्देशमा उहाँहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । ७० औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रुपमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसा सहभागी छन् । गणतन्त्र दिवसको अवसरमा निकालिएको परेडको नेतृत्व महिला सैनिकहरुले गरेका छन् । राजपथबाट सुरु भएको परेड लाल किल्लामा पुगेर समापन हुने छ ।
समारोहमा परेडका साथै युद्धकला र अत्याधुनिक हतियारहरुको पनि प्रदर्शन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्