भक्तपुर, १३ माघ । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्यमा नियुक्त भएकोमा इ.जी पायोनियर स्कुल इटाछेंका संस्थापक प्रिन्सिपल एवम् स्काउट गुरु विजेन्द्रलाल ध्वँजुलाई सम्मान गरिएको छ । तदर्थ समितिमा राष्ट्रियस्तरमा तालीमको जिम्मेवारी सम्हालेका स्काउटर ध्वँजु विगत २५ वर्षदेखि स्काउटमा सक्रिय छन् ।
इ.जी पायोनियर स्कुल तथा इ.जी स्काउट ग्रुप इटाछेंद्वारा संयुक्तरुपमा आयोजित सो सम्मान कार्यक्रममा सो स्काउट ग्रुपका स्काउट शिक्षक, रोभर, रेन्जर तथा स्काउटहरुले आफ्ना गुरु ध्वँजुलाई विभिन्न उपहार तथा नेपाल स्काउटको लोगोसहितको काष्ठकला उपहार दिएर सम्मान गरेका थिए ।
इ.जी स्काउट ग्रुपकी अध्यक्ष सुचिता सैंजु, इ.जी पायोयिनर स्कुलका वरिष्ठ स्काउटर उमेशलाल नेपाली, नेपाल स्काउट मध्यपुर स्थानीय परिषदका पदाधिकारी एवम् वरिष्ठ स्काउटरहरु भुवनचरण श्रेष्ठ, दिलकृष्ठ प्रजापति, रविन्द्र बासुकला, पुजन किलम्वु लगायतले स्काउट गुरु ध्वँजुलाई उपहार दिएर सम्मान गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्