राजनीति

अमेरिकी दूतावास अगाडि विप्लवद्वारा विरोध प्रर्दशन



काठमाडौं, १३ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अमेरिकी दूतावास अगाडि धर्ना दिइएको छ ।

आज काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘विप्लव’ नेतृत्वको नेकपाले  निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।

ऊनिहरुले तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न अमेरिकासँग माग गर्दै भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गरेको जनाएका छन ।

कार्यक्रममा नेकपाका जवस मोर्चासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।