राजनीति

धुर्मुस सुन्तली प्रदेश १ को सद्भावना दूतमा नियुक्त



विराटनगर, १३ माघ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो ।

जस अनुसार एक बर्षका लागि धुर्मुस र सुन्तली राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना प्रर्वद्धनका लागि अभियान सञ्चालन गर्नेछन् । सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् ।