काठमाडौँ, १४ माघ । चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमबार आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०।३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो ।
चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको उद्घाटन गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्