समाचार

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो



काठमाडौँ, १४ माघ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ ।

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ । अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले दाबी गरेको छ ।