काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एकदिवसीय क्रिकेट सिरिज जितेकोमा बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिदैं आगामी दिनमा सरकारले खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिई खेलकुदको विकासमा विशेष ध्यान दिई अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
उहाँले स्ट्याटसमा लेख्नुभएको छ, ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई १ अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ । खेलकूद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।’










प्रतिक्रिया दिनुहोस्