राजनीति

अस्पतालको आग्रहलाई वेवास्था : अनसन बस्न राखिएको टेन्ट प्रहरीले हटाइदियो



काटमाडौँ, १५ माघ । शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न गरेको आग्रहलाई वेवस्था गरको भन्दै नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट प्रहरीले हटाइदिएको छ ।

चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । मंगलबार बिहान फेरि अनशन बस्न पुगेका चिकित्सकहरुले टेन्ट हटाइएको थाहा पाएका हुन् ।

डा। गोविन्द केसीका माग पूरा गर्न भन्दै नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरुले रिले अनशन सुरु गरेका हुन् ।