राजनीति

हनुमन्ते नदी सफाईको ५१औं हप्ता सल्लाघारीमा राष्ट्रिय झण्डोत्तलन, भोली दुई स्थानवाट सफाई हुने



भक्तपुर, १५ माघ । सफा, सुन्दर, सुरक्षित भक्तपुर बनाउने उद्देश्यका साथ शुरु गरिएको हनुमन्ते नदी तथा अरनिको राजमार्ग सफाई अभियानको क्रममा नदीको ५१औं हप्ताको अवसरमा भक्तपुरको सल्लाघारीमा राष्ट्रिय झण्डोत्तलन हुने भएको छ ।

आज बसेको हनुमन्ते नदी सफाई अभियानको नियमित बैठकले बुधवार हुने हनुमन्ेत नदीको ४९ औं हप्ता तथा अरनिको राजमार्ग सफाईको तेस्रो चरणको ११औं दिनको योजनाका बारेमा भएको छलफलले उक्त निर्णय गरेको हो ।

बुधवारको सफाई अभियान भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका अन्तर्गतका दुई स्थानबाट हुने समेत बताइएको छ । जसमा भक्तपुरको राधेराधेदेखि गठ्ठाघर तथा कौशलटारदेखि मनोहरा नदीसम्म गर्ने निर्णय गरिएको दुवै अभियानका प्रमुख सल्लाहकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बताउनुभएको छ ।

सांसद बस्नेतका अनुसार नदीको ५१औं हप्ताको अवसमा राष्ट्र र राष्ट्रियताप्रतिको भावले समर्पित सफाई अभियान भएका कारण सो दिन भक्तपुरको सल्लाघारीमा राष्ट्रिय झण्डोत्तलन गर्ने कार्यक्रम तयार भएको समेत जानकारी दिनुभएको छ ।

त्यस्तै अभियनकै क्रममा आगामी १९ गते सल्लाघारीदेखि साँगा चोकसम्म गर्ने निर्णय समेत गरेको सांसद बस्नेतले जानकारी दिनुभएको छ । उहाँले भक्तपुरको विकास र समृद्धिका मूख्य आधार सफाई अभियान भएका बताउँदै अभियानले सफाई गर्ने मात्र नभई भक्तपुरको समग्र अनुगमन गर्ने कार्य भइरहेको बताउनुभयो । भक्तपुरमा भएका राम्रा तथा नराम्रा सवै प्रकारका गतिविधिहरुको प्रतयक्ष निगरानी गर्ने सवैभन्दा उत्तम उपाय नै अभियान भएकाले भक्तपुरमा हुने कुनै पनि प्रकारका अनौतिक कृयाकलाप तथा विकास निर्माणका कार्यहरुको नियमित अनुगमन अभियानकै माध्यमबाट भइरहेको बताउनुभयो ।

फागुन ४ गते भक्तपुरको राधेराधेस्थित हनुमन्ते कोरिडोर हुँदै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरसहितको उपस्थितिमा सल्लाघारि चोकसम्म वाकाथुन गरी नेपालको राष्ट्रिय झण्डाको प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।

हनुमन्ते नदी सफाई अभियानका प्रमुख संरक्षक सांसद बस्नेतको विशेष पहलमा भइरहेको उक्त अभियानमा संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको संयोजकत्वमा भएको छलफलमा उपसंयोजक सूनपा उपप्रमुख जुना बस्नेत, मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, बागमति नदी सफाई अभियानका किशोर सिंह शाह, रज्जु प्रधान, मनोहरा नदी सफाईका संयोजक चन्द्र दङ्गाल, हनुमन्ते नदी सफाई अभियानका अभियन्ता, पत्रकार लगायत सामाजिक ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।