सुनसरी, १६ माघ । मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आजबाट सेमिफाइनल सुरु हुँदै छ ।
आजको दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुने पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभिट्टा र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि पहिलो क्वार्टरफाइनलमा दाफिन्स फेमिली फूटबल टिम क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गदै मेची नेत्रालयले सेमिफाइनलमा पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्