राजनीति

मानवअधिकारकर्मीहरुको प्रदर्शन, ३२ जना पक्राउ



काठमाडौं, १६ माघ । नयाँ बानेश्वरमा मानवअधिकारकर्मीहरुको प्रदर्शन गर्दा ३२ जनालाई पक्राउ गरेको छ ।

संघीय संसद भवन नयाँ वानेश्वर परिसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनबाट ९ जना महिलासहित ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले प्रदर्शनमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र डा।गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो ।

पक्राउ गरेका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।