समाचार

तीन जिल्लाका एसपी परिवर्तन



काठमाडौं, १६ माघ । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरिक्षक (एसपी)लाई सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले धनुषा जिल्ला प्रहरी कार्यालय ललितपुरमा कार्यरत प्रहरी उपरिक्षक शेखर खनाललाई सरुवा गरिएको छ भने ललितपुरमा धनुषाका एसपी गोविन्द थपलियालाई सरुवा गरेको जनाइएको छ ।

त्यस्तै, धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ । धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा सरुवा भएका छन् । यसैगरी सिन्धुलीमा चक्रबहादुर सिंहलाई सरुवा गरिएको छ ।