काठमाडौँ, १७ माघ । सञ्चार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई जसले बोक्नेहरु कै भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको बताउँदै राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको बताउनुभयो । उहाँले डा. केसीले राखेको माग भन्दा अझ बढी व्यवस्थित रुपमा चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभयो ।
उहाँले संसदको दुबै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको दाबी गर्नुभयो । मन्त्री बास्कोटाले भन्नुभयो, ‘जनताको जीत भएको छ भन्दै सिटामोल बोकेर जानु महानता हुन्छ । सरकारको अनुरोध यत्ति हो । सालको पात मात्र टपरी हुन्छ, सल्लाको हुँदैन । चर्चित प्रकरण सकियो । सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्