काठमाण्डौ, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गराएको छ ।
संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिएका थिए ।रिजालले आफ्नो भनाई सक्दै संसद बैठक अगाडि बढ्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गराएका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा नेता रिजालले दुई तिहाइको दम्भको सरकार सत्याग्राहीसँग लडाईँ गर्न उद्धत रहेको देखिएको बताए ।
संसदमा सभामुखको भूमिका निष्पक्ष नरहेको, चिकित्सा शिक्षा विधेयक प्रतिपक्षी दललाई पेलेर पास गराएको, संवैधानिक परिषदमा सरकारले एकलौटी रुपमा निर्णय गरेर अघि बढेको भन्दै सबै विषय नसच्चाए सम्म बैठक अवरुद्ध गरिरहने उनले बताए । आइतबार सम्मको लागी सरको छ ।










प्रतिक्रिया दिनुहोस्