राजनीति

‘प्रकाण्ड’का छोरा गोलीसहित पक्राउ



विराटनगर, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा हतियारसहित पक्राउ परेका छन् ।

प्रवत्ता प्रकाण्डका छोरो कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई प्रहरीले बिराटनगर विमानस्थलबाट बिहीबार साँझ पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ परेका छन् ।

यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने क्रममा प्रहरीले चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको छ ।