काठमाण्डौ, १८ माघ । वरिष्ठ कलाकार बीएस राणा ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको जनाएको छ । कलाकार राणा केही समयदेखि बिरामी थिए ।
उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।
राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएसले भारतको दार्जीलिङमा अध्ययन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्