हेटौंडा, १८ माघ । प्रदेशसभा ३ ले एक वर्षमा २४ विधेयक पारित गरेको छ ।
प्रदेशसभाको बैठक बसेको शुक्रबार एक वर्ष पूरा भएको छ । प्रदेशसभा निर्वाचनपछि २०७४ माघ ७ गते प्रदेश ३ का एक सय दश जना प्रदेशसभा सदस्यले सपथ लिएका थिए ।
उक्त अवसरमा प्रदेशसभा सचिवालयले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पर्याप्त काम गरेको बताउदै
सरकारको कामको परिणाम भने अब देखिँदै जाने बताएका छन ।
सो कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षको अवधिमा प्रदेशसभाले गरेको कामहरु समेटेको पुस्तकको लोकार्पण गरिन् ।










प्रतिक्रिया दिनुहोस्