नवलपरासी, १८ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाल सरकार कुनैपनि देशको आन्तरिक मामलामा बाह्यदेशको हस्तक्षेपको पक्षमा नरहेको बताएका छन् ।
आज कावासोतीमा प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अध्यक्षको वक्तव्यमा आएको कुराले केही भ्रम पैदा गरेको थियो तर नेपाल सरकारका धारणा भनेको कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप नहोस भन्ने हो ।’
रक्षामन्त्री पोख्रेलले द्वन्दकालका घटना तथा मुद्दाहरु मिलाउनका लागि सरकारले ऐन बनाउने तयारीमा रहेको बताउदै उनले भने विभिन्न खाले सम्झौताहरु सबैलाई नै टेकेर चिकित्सा शिक्षा विधयेक पास गरेको समेत बताए ।










प्रतिक्रिया दिनुहोस्